काठमाडौँ, कार्तिक ७ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध कात्तिक १० गते काठमाडौँमा गर्ने खबरदारी सभाको तयारी तीब्र पारेको छ ।
केपी ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएको निष्कर्ष निकालेको माओवादी केन्द्रले
बागमती प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा खबरदारी सभा गर्न लागेको हो ।
विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजना विहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापना क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागिएका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
खबरदारी सभाका लागि पार्टी कमिटी, जबस र मोर्चाहरूले तयारी घनिभूत गरिरहेको उनले बताए । ओली सरकार सुशासन, सामाजिक न्याय, समृद्धि, जनजिवीकाको समस्या समाधानमा पूर्ण असफल भएको उनले निष्कर्ष छ ।
सभा १० गते बिहान ११ बजे पार्टी कमिटी, जबस–मोर्चा लगायत सबै आ–आफ्नै ढङ्गले काठमाडौँ मलमा जम्मा हुने कार्यसूची छ ।