महेन्द्रनगर तर्फ आउदै गरेको बस बैतडीमा दुर्घटना

२५ असार, बैतडी  : बैतडीमा बस दुर्घटना भएको छ । जिल्लाको मेलौलीमा बस दुर्घटना भएको हो । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडक खण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । । प्रहरी निरीक्षक चौधरीकै कमाण्डमा दुर्घटास्थलतर्फ प्रहरीको टोली खटिएको छ । दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको छ ।

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पु¥याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन बाँकी रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

तपाईको प्रतिक्रिया