१४ असार, काठमाडौं : ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानून व्यवसायी पक्राउ परेका छन्
नासु प्रेमिका तामाङलाई हापात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका हुन । तामाङले ललितपुर प्रहरी परिसरमा उजुरी दिएपछि वकिल लामिछाने पक्राउ परेका हुन ।
मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ । तामाङको मुखमा चोट देखिएको छ । उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।