महाशिवरात्रीमा बेहडाबाबा धाममा सवा दुई करोड दीप प्रज्ज्वलन गरिने

धनगढी । कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ। धनगढी– १६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा महाशिवरात्रीको दिन अर्थात् फागुन २५ गते २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको हो।

शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजक बेहडाबाबा फाउन्डेसनका अध्यक्ष पदमराज जोशीले सवा दुई करोड दीप प्रज्ज्वलन गर्ने तयारी पूरा भएको बताएका हुन्। उनले करिब २ सय जनाबाट दीप प्रज्ज्वलन गराउने अध्यक्ष जोशीले बताएका छन्। “एक जना भक्तले १ लाख २५ हजारका दरले दीप प्रज्वलन गर्ने व्यवस्था मिलाएका छौँ। महाश्विरात्रीका दिन अपहाराह्न ३ः३० देखी ४ः३० बजेको समयमा दीप प्रज्ज्वलन गरिनेछ,“ अध्यक्ष जोशीले भने।

यस वर्ष बेहडाबाबा मन्दिरको करिव ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । भक्तजनको सहजताका लागि कैलालीको तीन ठाँउबाट ६ वटा बसबाट न्युन भाडामा भक्तजनहरूलाइ सेवा दिने फाउण्डेशनका अध्यक्ष जोशीले बताए । उनका अनुसार धनगढीको क्याम्पस रोड बेली र चौमालाबाट २÷२ वटा बस सञ्चालन गरिने छ। सुन्दर सुदूरपश्चिम यातायात प्रालिसँगको सहकार्यमा बस सेवा प्रदान गरिने अध्यक्ष जोशीले बताए।

पत्रकार सम्मेलनमा महाश्विरात्री दिन लाग्ने मेलाको तयारीसमेत पूरा भएको बताइएको छ। शिवरात्रीको अवसरमा गरिने दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण भक्तजनमा सहभागी हुन अनुरोध गरिएको छ। मेलाको दिन पार्किङ शुल्क नलाग्ने तथा भक्तजनहरूका लागि खाना र बस्नको निःशुल्क व्यवस्था गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया