२५ बैशाख,धनगढी : धनगढीमा मर्निङ वाक जाँदा दुर्घटनामा परेकी ईन्द्रादेवी पन्तको ६८ औं दिनमा निधन भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी पन्तकाे उपचारका क्रममा साेमबार दिउँसो करिव २ बजे निधन भएको हाे ।
फागुन १६ गते मर्निङ वाकमा निस्किएकी धनगढी उपमहानगरपालिका–५ तारानगरकी पन्तको खुट्टा मिनि ट्रकमा अल्झिएको टेलिकमको तारमा बेरियो । र, ट्रकले तानेर पाँच सय मिटर जति सडकमा घिसारे लगेकाे थियाे ।
गम्भीर घाइते भएकी पन्तको उपचारका लागि उनलाइ ६८ दिन देखि धनगढीकै माया मेट्रो अस्पतालमा भेन्टिलेटरमा राखिएको थियाे ।
भेन्टिलेटरमा उपचाररत पन्तको उपचारमा परिवारजन र आफन्तले २८ लाख रुपैँया भन्दा बढि खर्च गरे पनि बचाउन भने सकेनन् ।