मधेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

१ असार, जनकपुरधाम ;  मधेस सरकारले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ ।

आज साँझ ५ बजे बस्न लागेको प्रदेश सभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर ३५ अर्बभन्दा बढीको बजेट ल्याउन लागेको हो ।

अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताए ।
गत वर्ष मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २०७९÷८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।

तर यस वर्ष संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने सचिव भट्टराईको भनाइ छ ।

तपाईको प्रतिक्रिया