मदिरा व्यवसायी संघ कैलालीद्धारा आगलागी पिडित चण्डिका ट्रेड एण्ड सप्लायर्सलाई ५० हजार सहयोग

धनगढी । मदिरा व्यवसायी संघ कैलालीले आगलागीबाट पिडित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्सलाई नगद ५० हजार सहयोग गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्तिनगरमा रहेको जय श्री चन्डिका ट्रेडस एण्ड सप्लार्यसमा गत पुष १७ गते आगलागी हुदाँ २० लाख बराबरको क्षती भएको थियो । मदिरा व्यवसायी संघका उपाध्यक्ष समेत रहेका जय श्री चन्डिका ट्रेडस एण्ड सप्लार्यसका संचालक सागर सम्शेर राणालाई महासंघका केन्द्रिय सदस्यहरु सिता भट्टराई र पुष्कर राज भाटले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

मदिरा व्यवसायी महासंघका केन्द्रिय सदस्य पुष्कर राज भाटको अगुवाइमा महासंघका अध्यक्ष सोनाम शेर्पाको आकस्मिक पहलमा पीडित मदिरा व्यवसायीलाई मदिरा महासंघको तर्फबाट पचास हजार राहत हस्तान्तरण गरिएको हो । मदिरा व्यवसायी संघ कैलालीले संस्थामा आवद्ध सदस्यका लागि हरेक समस्यामा सदैव साथमा साथ मिलाएर अघी बढ्ने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया