मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर कमिटी गठन सम्मपन्न

१२भदाै, धनगढी : मदन भण्डारी स्पोर्टस् एकेडमीको धनगढी नगर अध्यक्षमा बल बहादुर महरा चयन भएका छन् । आईतबार बसेको धनगढी नगर भेलाबाट महरा चयन भएका हुन् ।
एकेडेमीको उपाध्यक्षमा रमेश चौधरी, सचिवमा कालू सिहं पार्की, सह–सचीवमा दिपक चौधरी र कोषाध्यक्षमा हिरा देबि चौधरी लगायतका पदाधिकारीहरुको कमिटी गठन भएको छ ।
हालै अध्यक्षमा चयन भएका बलबहादुर महराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सचिवालय सदस्य धिमलाल जोशी र अतिथिमा नेकपा एमाले मदन भण्डारी स्पोर्ट्स एकेडेमीका जिल्ला अध्यक्ष मदन ओझाको रहेका थिए ।
उक्त कमिटीको अध्यक्षमा धिरेन्द्र बुढा चयन भएका छन् भने उपाध्यक्षमा अशोक चन्द, सचिवमा पुष्कर अवस्थी, सह–सचिवमा यज्ञ राज बिनाडी, कोषाध्यक्षमा भगवती साउद चयन भएका छन् ।
त्यसै गरी, गौरीगंगा  नगरपालिकामा पनि मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर कमिटी गठन भएको छ ।

 

तपाईको प्रतिक्रिया