१४ असार, धनगढी : जननेता स्व.मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा प्रेस चौतारी नेपाल कैलालीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । भण्डारीको स्मृति दिवसमा प्रेस चौतारी कैलाली शाखाले एमाले पार्टी कार्यालयमा बिहीबार रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा सहभागी भएर २७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव तथा सुुदूरपश्चिम प्रदेश इन्चार्ज लोग्शरी कुँवर, कैलाली इन्चार्ज सुशील ढुंगाना, सुुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त पौडेल, पूर्व सुदूरपश्चिम सहइन्चार्ज गोविन्द रोस्यारा, कैलाली अध्यक्ष भानुभक्त आचार्य लगायतका पत्रकारले रक्तदान गरेका थिए ।
यस्तै एमाले कैलालीका सदस्य कमल राना, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव विनय शाह, अनेरास्ववियुका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज दिपक धामी, युवा संघका धनगढी नगर अध्यक्ष अभिशेक नाथ लोक लगायतका युवा तथा विद्यार्थीले समेत कार्यक्रममा सहभागीता जनाएर रक्तदान गरेका छन् । नेपाल स्काउटका सुदूरपश्चिम संयोजक नरेन्द्र थापाले रक्तदान गरेका थिए ।
यस्तै मदन भण्डारीको जन्म जयन्तीकै अवसरमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीले कैलाली बहुमुखी क्याम्पसमा वृक्षारोपण पनि गरिएको छ छ ।
अनेरास्ववियुको कैलाली बहुमुखी क्याम्पस कमिटीको संयोजनमा गरिएको वृक्षारोपण कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरी, केन्द्रीय सचिव प्रदेश इन्चार्ज दीपक धामी, स्थायी कमिटी सदस्य रक्षा बम, प्रदेश अध्यक्ष मनोज राई लगायतको सहभागीता रहेको थियो ।