काठमाडौं, मंसिर १६ । स्थानीय तहको उपनिर्वाचन अन्तरगत देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो। मतदानमा करिब ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आयोगले खसेको यकिन मत प्रतिशत सार्वजनिक गर्नेछ।