भारी वर्षाका कारण सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको घर डुब्याे

१९ असार, धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको घर डुबानमा परेको छ । धनगढी उपमहानगरपालिका–१ शिवनगरमा रहेको सोडारीको घर क्षेत्रमा सुकुटी नालामा आएको बाढीले डुबान भएको हो ।

कैलाली बहुमुखी क्याम्पसको पश्चिम हुँदै बग्ने सुकुटी नाला भरिएकाले मुख्यमन्त्री सोडारीको घरसम्म पानी पुगेको छ । अहिले मुख्यमन्त्री सोडारीको घरसहित शिवनगर क्षेत्रको बस्ती डुबानमा परेको छ । शिवनगर क्षेत्रमा सुकुटी नालाको पानी पसेको हो।

शिवनगरको खानेपानीको ट्याङ्की भएको क्षेत्र, न्यूरोड क्षेत्रमा डुबान भएको हो । सुकुटी नालाको पानी बस्तीमा आएकाले घरहरू डुबानमा परेका हुन् । सुकुटी नालाका कारण बसन्तटोलमा पनि ३५ भन्दा बढी घरमा पानी पसेको छ। नालाको पानीले स्थानीयका खाद्यसामाग्री, लुगाकपडा भिजाएको छ ।

तपाईको प्रतिक्रिया