भारतीय अभिनेता गोविन्दालाई गोली लाग्यो

काठमाडौं, असोज १५ । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ।

उनको जुहु निवासमा आफ्नै रिभल्भरले खुट्टामा आकस्मिक गोली लागेपछि उनी मंगलबार मुम्बईको एक अस्पतालमा भर्ना भएका छन्।

बिहान करिब ५ बजेको समयमा कोलकाता जाने तयारी गर्नुअघि आफ्नो लाइसेन्स प्राप्त रिभल्भर जाँच गर्दै थिए।

सोही क्रममा अकस्मात उनको हातबाट रिभल्भर खसेर गोली चल्दा उनको खुट्टामा लागेको उनको पारिवारिक स्रोतलाई उदृधत गर्दै भारतीय सञ्चारमाध्‍यमले जनाएका छन्।

डाक्टरले उनको खुट्टाबाट गोली निकालेको छ भने उनी खतरामुक्त छन्। उनको आइसियुमा राखेर उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया