भारतलाई हराउँदै श्रीलंकाले पहिलोपटक जित्यो महिला एशिया कपको उपाधि

१३ साउन, धनगढी : श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ ।

श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो ।

भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् । त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् ।

यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया