भारतमा ग्यास विस्फोटः बझाङका एकै परिवारका ५ जनाको मृत्यु

२१, जेठ बझाङः भारतको बेङ्लोरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

गत बुधबार राति खाना पकाउने क्रममा ग्याँस लिक भइ आगलागी हुँदा बझाङ जयपृथ्वी नगरपालिका सुइलका एकै परिवारका पाँच जना घाइते भएका थिए ।

घाइते भएका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।

पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

मदन विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया