भारतमा ग्यास लिक भएर आगो लाग्दा डडेल्धुराका एक दम्पती घाइते, छोराको मृत्यु

धनगढी, मंसिर २ । भारतको ब्याङलोरमा ग्यास लिक भएर जल्दा एक दम्पती घाइते भएका छन् भने नाबालक छोराको मृत्यु भएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका–३ घर भइ हाल भारतस्थित ब्याङलोरको इन्द्रानगरमा बस्दै आएका गोविन्द गुरधामीका दम्पती घाइते भएका हुन् भने उनको नाबालक छोराको मृत्यु भएको हो ।

भान्सामा खाना पकाउने ग्यास लिक भएर उनीसहित पत्नी कल्पना र छोरा दृश्य घाइते भएका थिए । तर, छोराको भने उपचारका क्रममा मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

अहिले गोवीन्द र उनकी पत्नीको भिक्टोरिया अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया