भारतमा गाडी दुर्घटनामा परि बैतडीका एकको मृत्यु

५ साउन, धनगढी  :  बैतडीका डम्बरसिंह धामीको गाडी दुर्घटनामा परेर भारतमा मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर–४ बिशुनाका देबसिंह धामीका २२ वर्षीय छोरा डम्बरसिंह धामीको भारतको बेंगलोर उटी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर मृत्यु भएको हो ।

१२ दिन पहिले मात्रै आफ्नै काकासँग उनी बेंगलोर गएका थिए । डिउटीबाट क्वाटरमा जानेबेला उनलाई बिहीवार बिहान गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका धामीको उपचारको क्रममा मृत्यु भएको आफन्त तिलकसिंह धामीले बताए । उनको घरमा श्रीमती र एक छोरी छन ।

तपाईको प्रतिक्रिया