भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

२६ वैशाख, काठमाडौं : भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ र अरु २० २५ जना घाइते भएका छन् ।
खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बाट बस बैराड नदीमा खसेको थियो । नदीमा पानी थिएन् ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया