भन्सार छलेर ल्याएको सामान छोडी अटो चालक फरार

२ जेठ, धनगढी : धनगढीमा साढे चार लाख मुल्य बराबरका विभिन्न भन्सार छलीका सामग्री छोडेर अटो चालक फरार भएका छन ।
आज धनगढी उपमहानगरपालिका–२ बसपार्क पछाडीबाट प्रहरीले भन्सार छलीका अवैध सामान बरामद गरेको छ ।

नामथर खुल्न नआएको चालकले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ४०८५ नम्बरको अटोमा भन्सार छलिको सामान ल्याउदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी हवल्दार रामसिंह धामीको कमाण्डमा खटिगएको गस्ती टोलीलाई देखेपछि अटो नै छोडेर चालक फरार भएको प्रहरीले जनाएको छ ।

उक्त अटो तथा अटोमा रहेका करिब चार लाख ४४ हजार मुल्य बराबरको सामाग्री प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रहरीले अटोसहित एक सय २५ थान सादा साडी, एक सय २० थान सेतो धोती, १० थान टावेल, १५ थान सादा धोती, ४१ थान राम्रोमा साडी, ६ सय थान श्रीराम लेखेको खादा र ९८ थान ब्लाउज थान कपडा मरामद गरेको छ ।

तपाईको प्रतिक्रिया