धनगढी, असोज १५ । कैलालीका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
प्रहरीले सोमबार राति टिकापुर नगरपालिका–७ बाट भारतबाट भन्सार छली गरि ल्याएका पटाका र अन्य सामानसहित प्रहरीले मानिस पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ७२ हजार बराबरको पटाका र से ३ प ४३६९ नम्वरको मोटरसाइकलसहित सोही नगरपालिका ९ का वर्ष २८ को दिपक धामीलाई पक्राउ गरेको हो ।
यसैगरी धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौहारा, वडा नम्बर ९ भैंसीघाट, गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक र टिकापुर नगरपालिका–५ संकरपुर पेट्रोल पम्प नजिकबाट भारतबाट भन्सार छलि गरि ल्याएका प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले अन्दाजी मूल्य १ लाख १९ हजार ७१० रुपैयाँ बराबरको चिनी, मिठाई, सट, साडी, सुटपिस, लेहेङ्गा, ग्याँस, प्रेसर कुकर, प्लाष्टिक झिल्ली, माछा लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।