२३भदौ, धनगढीः कैलालीको भजनी नगरपालिका–५, पगियापसारवासीले मोहना नदीले खेतीयोग्य जमिन काटन गर्दै आएपछि यस समस्याको दीर्घकालीन समाधान तथा कटान नियन्त्रण गर्न माग गरेका छन ।
नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दा धान खेतमा ठुलो क्षति पुगेको भनाइ स्थानीयवासीको छ । उनीहरूले कटान नियन्त्रणको माग गरेका छन । त्यसका लागि बलियो भौतिक तटबन्ध बनाउनुपर्नेमा स्थानीयको जोड छ । यसअघि नदीको कटान नियन्त्रणका लागि जैविक तटबन्ध बनाइएको थियो तर मोहना नदीको बाढीलाई त्यो तटबन्धले थेग्न सकेन । अलि अलि कटान रोकिए पनि फेरि पछि पुरानै हालत भएको स्थानीय सरस्वती बुढाले बताउनुभयो । नदीले जमिन कटान गरेका कारण वर्षमा तीन महिना पनि खान नपुग्ने गरेको उहाँले दुःखेसो गर्नुभयो । “उर्वर जमिन कटान र बाढीले गर्दा भोकमरीको समस्या छ ।
अहिले कटान गर्दै नदी पगियापसार गाउँसम्मै पुगिसकेको छ । बर्सेनि नदीले कटान गर्दै गएपछि कैयौँ परिवार विस्थापित भएका छन । स्थानीय गगन बुढाका अनुसार खेतीयोग्य जमिन कटान गर्दै नदी गाउँसम्मै पुगेको छ ।
नदी कटान नियन्त्रणका लागि आफूहरूले केन्द्र, प्रदेश र स्थानीय नेताहरूलाई पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो उहाँले गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीले मोहना नदीमा कटान नियन्त्रणका लागि तटबन्ध बन्ने बताउनुभयो । तटबन्ध बनाउन आवश्यक कागजात पु–याइसकेको सदस्य चौधरीले बताउनुभयो । यसअघि नदीको कटान नियन्त्रणका लागि जैविक तटबन्ध बनाइएको थियो तर मोहना नदीको बाढीलाई त्यो तटबन्धले थेग्न सकेन । अलि अलि कटान रोकिए पनि फेरि पछि पुरानै हालत भएको बुढाले बताउनुभयो । नदीले जमिन कटान गरेका कारण वर्षमा तीन महिना पनि खान नपुग्ने गरेको उहाँले दुःखेसो गर्नुभयो । “उर्वर जमिन कटान र बाढीले गर्दा भोकमरीको समस्या छ । वर्षमा तीन महिना पनि खान पुग्दैन,” सरस्वतीले भन्नुभयो । पगियापसार गाउँ २०२८ सालतिर बसेको हो ।
अहिले कटान गर्दै नदी पगियापसार गाउँसम्मै पुगिसकेको छ । बर्सेनि नदीले कटान गर्दै गएपछि कैयौँ परिवार विस्थापित भएका छन । स्थानीय गगन बुढाका अनुसार खेतीयोग्य जमिन कटान गर्दै नदी गाउँसम्मै पुगेको छ ।