७ बैशाख,धनगढीः कैलाली जिल्लाकाे भजनी नगरपालिकामा गहुँबालीमा आगलागी हुँदा बालि खेतमै जलेर नष्ट भएको छ।
जिल्लाको भजनी नगरपालिका–८ गौरचौरका टेङ्ना चौधरीको आठ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा बिहीबार
विद्युत लाइन सर्ट भइ आगलागी भएको जिल्ला आपतकालिन कार्य सञ्चान केन्द्र कैलालीले जनाएको छ।
यस्तै, बिहीवार जोशिपुरका परशुराम चौधरीको १३ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा पनि आगलागी भएको थियो।