धनुषा । धनुषामा बोराभित्र शव फेला परेको छ।
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोरा भित्र एक युवकको शव फेला परेको हो ।
उनका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको डीएसपी सिंहले बताए।
उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।