बैतडी समाज कैलाली द्वारा आयाेजित वृहत रक्तदान कार्यक्रम सम्पन्न

२७ साउन, धनगढी : बैतडी समाज कैलालीले आयोजना गरेको खीर खाने तथा रक्तदान महोत्सवमा ११८ जनाले रक्तदान गरेका गरेका छन ।

शनिबार १० जना महिला सहित ११८ जनाले रक्तदान गरेको संयोजक राज बहादुर चन्दले जानकारी दिए ।

बैतडी समाज कैलालीले वर्षको दुुई पटक बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । बर्खाका बेला विरामीको चाप बढी रहेकाले समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बैतडी समाजले आयोजना गरेको यस पटकको ११ औं रक्तदान कार्यक्रममा रक्तदान गर्नेको संख्या १ हजार २३ पुुगेको समाजका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।

‘यसपाली पनि रक्तदान र खीर खाने कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ३ सय बढीले खीर खाएर रमाईलो गरे भने ११८ जनाले रगत दान गरे’ अध्यक्ष भट्टले जानकारी गराए ।

तपाईको प्रतिक्रिया