१० जेठ, बैतडी : बैतडीमा हावाहुरीले पाँच वटा घरमा क्षती पुगाएको छ ।
प्रहरीका अनुसार हावाहुुरीले पाटन नगरपालिका वडा नम्बर–८ खोडपे बजारमा रहेको धन बहादुर कुवँर, डम्बर सिंह बिष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो उडाएको छ ।
बजारमै गगन सिंह महराले सञ्चालन गरीरहेको पसलमा पनि हावाहुरीले क्षती गरेको छ । वडा नम्बर–८ कै आरुबाटाका स्थानीय पदम सिंह बिष्टको पसलमा पनि हावाहुरीले पूर्ण क्षेती गरेको वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
उनकाअनुसार अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।