१७ बैशाख, बैतडी : बैतडीमा एक किशोरीकाे भिरबाट लडेर मृत्यु भएको छ ।
आइतबार जिल्लाको सिगास गाउँपालिका-५ की अन्दाजी २४ वर्षीया चन्द्रा कुमारी धामीको भीरबाट लडेर मृत्यु भएको हो।
प्रहरी स्रोतका अनुसार स्थानीय घर नजिकैको खल्लीगडान भन्ने भीरबाट लडेर उनको मृत्यु भएको हो। उनी घर लिप्ने माटो लिन भीरमा गएकी थिइन्।
उनी साेही पालिकाकाे सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन्।