बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

८ साउन, बैतडी  :  बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका २ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति घर माथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले जानकारी दिए ।

स्थानीय तथा प्रहरीको सहयोगमा घाइते जागरीको उद्धार गरिएको छ ।

तपाईको प्रतिक्रिया