बैतडीमा जेठानीले चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु

धनगढी, कात्तिक २७ । बैतडीमा जेठानीले काठको चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर २ छेपट्टामा ३० वर्षीया दीपा बोहराले आफ्नै देउरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

घरायसी विवादका कारण सोमबार बेलुका ८ बजेको समयमा दीपाले सुनिताको टाउकोमा चिर्पटले प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

चिर्पटले हानेर देउरानीको हत्या गर्ने दीपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया