बैतडीमा ‘छाउपडी’ गोठमा सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु

२४ साउन, धनगढी  :  बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा उनलाई मंगलवार राति सर्पले टोकेको थियो । बुधवार बिहान मृत्यु भएकी अनिता जवलपुर मावि सैलोडामा अध्ययनरत थिइन ।

तपाईको प्रतिक्रिया