बैतडीमा एक जना मृत फेला

बैतडी, मंसिर २ । बैतडीको पञ्चेश्वरमा एकजना मृत अवस्थामा फेला परेका छन्।

पञ्चेश्वर गाउँपालिका–५ सार्कीटोलका ६० बर्षीय मोहनराम भुल घरबाट झण्डै दुई किलोमिटर टाढा रहेको खनेटा भीरमा शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार उनी कार्तिक ३० गतेदेखि हराइरहेका थिए ।

घरबाट कसैलाई जानकारी नदिइ निस्केका भुलको लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया