१६ बैशाख, धनगढी : बैतडीमा नाबालिक भतिजीलाइ बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई आफ्नै भतिजी नाता पर्ने १५ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक कमल चौधरीले बताए ।
घटना गत पुस १५ गतेको भएपनि ढिला गरी सार्वजनिक भएको तथा घटनालाई गाउँमै मिलाउने प्रयास भएको समेत खुलेको प्रहरीको भनाई छ ।
युवकलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।