१० असार, बैतडी : बैतडीको सिगास गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ४३ करोड ८२ लाख बढीको बजेट ल्याएको छ । अगामी आर्थिक वर्ष २०८०/८१ का लागि सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले ४३ करोड ८२ लाख ३१ हजार ८ सय बराबरको बजेट गाउँसभामा पेश गरेकी छिन् ।
चालुतर्फ ३३ करोड ८९ लाख २४ हजार ८ सय र पूँजीगततर्फ तर्फ ९ करोड ९३ लाख ७ हजार बराबरको बजेट विनियोजन गरिएको उपाध्यक्ष धामीले बताइन् ।
गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ। गाउँपालिका अध्यक्ष हरि सिंह धामीले सडक पुर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्र गाउँसभामा पेश गर्नु भएको हो ।