बैतडीको सिगासमा बैंककी कर्मचारीमाथि कुटपिट

३१ वैशाख, बैतडी : बैतडीमा एक जना महिला कर्मचारी कुटिएकी छिन ।

प्रहरीका अनुसार शनिवार जिल्लाको सिगास गाउँपालिका(१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुसिला धामीमाथि कुटपिट भएको हो ।

शनिवार दिउँसो सिगासको गाजरी बजारमै सुशिलामाथि कुटपिट भएलगत्तै कुटपिट गर्ने धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ ।

महिलाको अनुहारलगायत शरीरमा चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया