१७ बैशाख, धनगढी : बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको छ ।
जिल्लाको पाटन नगरपालिका–६ तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो । कृर्षि विकास बैँक नजिकै भेटिएको टाउकोको सो ठाउँमा कपाल समेत रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन । घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको छ ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए ।