बैतडीका एक युवकको भारतमा मृत्यु

१६ साउन, धनगढी : बैतडीका युवकको भारतमा मृत्यु भएको छ ।

बैतडीको सुर्नया गाउँपालिका ७ कठमडा तल्ला गाउँका ३४ वर्षीय जयराम साउँदको भारतको अम्बलामा करेन्ट लागेर मृत्यु भएको हो ।

पारिवारिक श्रोतकाअनुसार उनको पानीको मोटर चलाउने बेला करेन्टर लागेर सोमवार मृत्यु भएको हो । उनी गत मंसिरमा मात्रै रोजगारीका लागि भारत गएका थिए ।

उनको घरमा वृद्ध आमा, श्रीमती र दाजुभाउजु रहेका छन्

तपाईको प्रतिक्रिया