१६ जेठ, धनगढी : धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर मृत्यु भएका युवकको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाट रहेको बताए ।
कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका भाट आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।
उनीसँगै गएका ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिए।