कञ्चनपुर, पुस १ । कञ्चनपुरको बेलौरीबाट प्रहरीले भन्सार छलीका माछा बरामद गरेको छ।
भन्सार छलीका माछा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेलौरी नगरपालिका–१ भैसोरीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४० हजार बराबरको माछा बरामद गरेको हो।
उक्त सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद माछालाई स्थानीय र जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको बेलौरी प्रहरीले जनाएको छ।