बिहीबार सार्वजनिक बिदा

२८ चैत्र, काठमाडौँ : सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

तपाईको प्रतिक्रिया