बाढीका कारण कैलालीको नेपाल–भारत सीमा स्तम्भ बग्यो

२३ साउन, धनगढी : बाढीले कैलालीको नेपाल–भारत सीमा स्तम्भ बगाएको छ।

अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत सीमाकाे स्तम्भ बगाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो। नेपाल तर्फका ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

तपाईको प्रतिक्रिया