बाजुरा, मंसिर २३ । बाजुरा सदरमुकाम मार्तडीमा स्कारपीयो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आइततबार दिउँसो कोल्टीदेखि मार्तडी गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनादुर्घटनामा कञ्चनपुर घर भएकी ३१ वर्षीया गायत्री पन्त र भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको हो । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट घाइते भएका छन् ।
घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । जिप दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।