बाजुरा, मंसिर १० । बाजुरामा एकैसाथ तीनवटा घरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ।
जिल्लाको बुढिनन्दा नगरपालिका–४ ताडीका गुलाब बोहरा, भिमलाल बोहरा र हिरामणी बोहराको संगै जोडिएको घरमा आइतबार बिहान आगलागी भएको हो।
आगलागी हुँदा तीनै जनाको घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट भएको छ । आगलागीबाट करिब ४५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।