१७ जेठ, बाजुरा : बाजुरामा विद्युतको तार सर्ट भएर आगलागी भएको छ ।
आज विहान जिल्लाको गौमुल गाउँपालिका–६ टुनीका कुले लुहार र गोरे लुहारको संयुक्त जोडिएको ३ तले ८ कोठे कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट खद्यन्न, लत्ताकपडा, कागजपत्र ९० हजार नगद पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
त्यस्तै मंगलवार साँझ बुढीगंगा नगरपालिका–९ सेलीका डम्मरबहादुर रावतको २ तले ४ कोठे कच्ची घरमा पनि बिजुलीको तार सर्ट भएर आगलागी भएको छ । आगलागीबाट खाद्यन्न, लत्ताकपडा, भाडाबर्तन, कागजपत्रहरु जली नष्ट भई करिब ७ लाख बराबरको क्षति भएको छ । साथै घरभित्र रहेका ५ वटा खरायो समेत जलेर मरेको प्रहरीले जनाएको छ ।