१४ असार, धनगढी : बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले ज्यानमार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन ।
उनले बुधवार बडीमालिका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष किष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन ।
‘हिजो बिहान ९ बजे तिर हो । मेयर साप, ६ नम्बरको वडाध्यक्ष र ७ नम्बरको वडाध्यक्ष तीनै जना हुनुहुन्थ्यो , काम गरेका छौ, भुक्तानी दिनु भन्नु भयो । प्रक्रियामा नआएकालाई समस्या हुने भनेको थिए । कर्मचारीलाई प्रक्रियामा नआएकालाई दबाब दिन सक्दैन भनेको थिए । मेरो यति रुपैया भुक्तानी दिनुछ । नभए, गोली हानेर मार्छु भन्नु भयो, दुई पटक हान्न आउनु भयो मेयर साप नभएको भए मार्नु हुन्थ्यो उनले भने,
वडा अध्यक्ष खड्काले नगर प्रमुख अमर खड्काको कार्यकक्षमा प्रमुख प्रशासकिय अधिकृत विकलाई ज्यान मार्ने धम्की दिएपछि उनले जिल्ला प्रशासन कार्यालय बाजुरामा बुधवार नै ज्यानको सुरक्षा र कारबाहीका लागि निवेदन दिएका छन उनले प्रक्रियामा नभएका योजनाको भुक्तानीका लागि कर्मचारीहरु र जनप्रतिनिधीसँग छलफल गर्ने बताएपनि वडा अध्यक्ष किष्ण खड्काले यसको २० गते भित्र रकम भुक्तानी नगरे गोली हान्ने धम्की दिएका हुन ।