२४ जेठ, बाजुरा : बाजुराको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा एक एक कृषि एम्वुलेन्स संचालनमा आउने भएका छन ।
बाजुराका कृषकले फलाएको अग्रानिक रैथाने वालीहरु बजार सम्म ढुवानि गर्न नसक्दा कृषकै बारीमा कुहिएर खेर जाने समस्या भएको भन्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुशाललाई बाजुरामा कृषि एम्वुलेन्समा बजेट विनियोजन गर्न अनुरोध गरेका थिए । सोहि कुरालाइ आत्मसाथ गर्देै मन्त्री भुसालले बाजुराको स्वामीकार्तिक र हिमालि गाउँपालिकालाई कृषि एम्वुलेन्स खरीदका लागि बजेट विनियोजन गर्नु भएको छ ।
बाजुरामा कृषि एम्वुलेन्सका लागि बजेट विनियोजन भएपछि गाउँपालिकाले सो निर्णयलाई स्वागत गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए ।
अध्यक्ष मल्लका अनुसार हामीले गाउँपालिका बाट स्थानिय कृषकलाई गाउँगाउँमा फलफुलका विरुवा रोप्न लगाएर फलाइसकेका छौ अव कृषकले फलाएका सवै खालका कृषि जन्य पदार्थहरु सहजै बाजार सम्म ढुवानि हुने हुदा कृषकहरुलाई निकै राहात पुग्ने समेत जानकारी गराएका छन ।
त्यस्तै स्वामीकार्तिक खापार गाउँपालिकाका अध्यक्ष भरत रोकायाले भने प्रदेश अर्थ मन्त्रीज्यूले यहाँका समस्या विस्तारै समाधान गर्न लाग्नु भएको छ हाम्रो गाउँपालीकामा तमाम स्याउ उत्पादन हुन्छ हामीले गाउँपालिका बाट स्याउ तथा फलपुलका बोट विरुवा वितरण गरेका छौ कृषकले स्याउ लगाएत फलफूलहरु तमाम फलाएका छन हरेक वर्ष फलफुल बोटमै कुहिन्थ्यो यो पटक बाट हाम्रा कृषिले फलाएका अग्रानिक रैथाने वालीहरु एम्वुलेन्सबाट फलफुल तथा कृषि जन्य पदार्थ बजारी करण गर्न निक्कै सहयोग पुग्ने र सहरबजारमा बाजुराको रैथाने बाली सहजै पुग्ने बताए ।
प्रदेश अर्थ मन्त्री नरेश कुमार शाहीको विषेश पहलमा बाजुराका ९ वटै स्थानिय तहमा कृषि कार्यक्रम जगन्नाथ गाउँपालिकामा चिस्यान घर निर्माणका लागि समेत बजेट विनियोजन गर्न लगाएका छन । त्यस्तै भैतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाई समेत सडक,पक्कीपुल लगाएत भातिक पुर्वाधारका काम निर्माणका लागि बाजुरालाई विषेश प्राथमिकतामा राख्न अनुरोध गरेका थिए ।
मन्त्री शाहीले बाजुरामा यस अघिनै ३ वटा ठाउँमा वेलिवृज जोड्ने निर्णय गराई सकेका थिए । भने स्वामीकार्तिक गाउँपालीकाको काम्तीमा स्टीलपुल समेतको ठेक्का हुने प्रक्रियामा रहेको प्रदेश अर्थ मन्त्रीका प्रेस सल्लाहाकार अनिल शाहीले जानकारी गराएका छन ।