बाख्रा चोरी गरेको निहुमा कुटपिट गरी हत्या, युवतीसहित ५ जना पक्राउ

धनगढी, कार्तिक २६ । कैलालीको गौरीगंगामा कुटपिटबाट शक्त घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरि हत्या भएको हो ।

बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भुलमाथि कुटपिट गर्ने पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, २३ वर्षीय विशाल विक, ३० वर्षीय धर्म विक र १८ वर्षीय एक युवक छन् ।

भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो। उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया