१३ बैशाख, धनगढी : धनगढीको रातोपुलमा रहेको कीर्तिगंगा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजी(केजिष्ट)ले धनगढीको प्रशिद्ध धार्मिक स्थल शिवपुरी धाम र बसपार्कको सरसफाई गरेको छ ।
सफा शहर, हाम्रो रहर नाराका साथ केजिष्टका विद्यार्थी तथा कर्मचारीले बुधबार विहान पवित्र धार्मिक र पर्यटकीय केन्द्र शिवपुरी धाम तथा धेरै मानिसहरुको ओरोहदोहोर हुने बसपार्कको सरसफाई गरेको केजिष्टका संयोजक गोपाल धामीले बताए ।
उनले धनगढी आउने जो सुँकै पाहुना वा पर्यटन एकपटक घुम्न शिवपुरीधाम पुग्ने तथा धनगढी पुग्ने गन्त्वयका रुपमा रहेको बसपार्कको सरसफाईले स्वच्छ र सफा धनगढीको सन्देश दिन खोजेको बताए ।
२०६८ सालदेखि होटेल म्यानेजमेन्ट र डिप्लोमा कोर्षहरुमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको केजिष्टमा हाल मलेसियन इटीभीए र नेपालको सिटीईभिटीका २ वर्षे होटेल म्यानेजमेन्ट तथा तथा डिप्लोमा कोर्षहरु सञ्चालनमा छन् ।
केजिष्टले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण, रक्तदान, सरसफाईलगायत कार्यक्रमहरु आयोजना गर्दै आएको संयोजक धामीले बताए ।