बर्दगोरियाको वडा नं ६ मा भोली निःशुल्क आँखा शिविर सञ्चालन हुने


१४ बैशाख, बर्दगोरिया : कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

च्यारेटी हेल्थ फाउन्डेसन नेपाल र बर्दगोरिया गाउँपालिका कार्यालय मुडाको समन्वय तथा श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा १ दिने निशुल्क आँखा शिविर शुक्रबारको दिन बैशाख १५ गते बिहान १० बजे देखी वडा नम्बर ६को कार्यालय परिसरमा सञ्चालन हुने बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रञ्जित) ले जानकारी दिए ।

शिविरमा नाम दर्ता शुल्क रु २५ बाहेक निःशुल्क औषधी तथा ४० वर्ष माथिका बिरामीलाई लेखपढ गर्न निःशुल्क, चस्मा मोती बिन्दु / जलबिन्दु, मासु पलाएको बिरामीहरुलाई निःशुल्क, अप्रेशन गर्ने भएको हुदाँ अप्रेसनका लागि टीकापुर जानुपर्ने बिरामीहरुलाई एकतर्फको भाडा पनि निःशुल्क हुने वडा अध्यक्ष डगौरा थारुले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया