बन्दुक देखाएर स्थानीयलाई तर्साउने दुई जना पक्राउ

बैतडी, मंसिर २ । बैतडीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका–९ लमौताका ३६ वर्षीय तारादत्त जोशी र ४३ वर्षीय महेशदत्त जोशी भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई एक थान भरूवा बन्दुकसहित शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेर बन्दुकसहित स्थानीयहरुलाई तर्साउन खोजेपछि नागार्जुन प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

पक्राउ परेकाहरुकामाथि आइतबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान शुरु गरिने प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

तपाईको प्रतिक्रिया