५ असार, धनगढी : सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सवार गाडी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
बझाङ केदारस्युँ गाउँपालिकाका वडा न १ का वडाअध्यक्ष वीर वहादुर भण्डारीका अनुसार दुर्घटनामा परेका मध्ये २ जनाको मृत्यु भइसकेको जानकारी गराएका छन ।
उनका अनुसार मृत्यु हुनेमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला, कानुन मन्त्री पृथ्वीबहादुर सिंहका श्रीमती अमृता सिंह र भाउजु जयादेवी सिंह रहेका छन् । मन्त्री सिंहको अवस्था भने गम्भिर रहेको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तिन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लैजान लागिएको प्रहरीले जनाएको छ ।
डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको हो ।