७ जेठ, धनगढी : बझाङमा हिमपहिरोमा परेर दुई जना घाइते छन् भने तीन जना बेपत्ता भएका छन् ।
आइतबार बिहान सुर्मा गाउँपालिका वडा नम्बर २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जादा दुई जना घाइते र तीन जना बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले हिमपहिरोमा पुुरिएर तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली हिडेको जानकारी दिए तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनी बताउँछन् ।
उनकाअनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वको टोली घटनास्थलतर्फ हिडेको छ ।
हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको बुझिएको प्रहरीले जनाएको छ ।