बझाङमा चिसोले कठ्याङिग्रएर पुरुषको मृत्यु

२० बैशाख, बझाङ : बझाङमा चिसोले कठ्याङिग्रएर एक पुरुषको मृत्यु भएको छ ।

यार्सागुम्बा संकलन गर्नका लागि हिमाली भाग लेकतिर गएका उनको घर फर्कने क्रममा ज्यान गएको हो ।

जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर–४ का अन्दाजी ४४÷४५ वर्षीय प्रमु बोहराको मंगलबार यार्सागुम्बा संकलन गर्ने ठाँउमा अत्याधिक हिमपात र पानी परेपछी चिसोले कठ्यांग्रीएर मृत्यु भएको बताईएको छ ।

बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए । चुफी वनमा मंगलबार हिमपात परेको बेला घर फर्किदै गर्दा तितापानी भन्ने स्थानमा चिसोले कठ्यांग्रीएर बोहराको ज्यान गएको स्थानीएले बताएका छन् ।

तपाईको प्रतिक्रिया